काठमाडौं। १६ औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टिमको छनोट भोलि मंगलबार गोकर्णमा हुने भएको छ । च्याम्पियनसिपमा व्यक्तिगत चार स्पर्धा र एक टिम हुनेछ र सबै स्पर्धामा नेपाली ५–५ खेलाडी सहभागी हुनेछन्।
एसियन एथलेटिक्स एसोसिएसनको प्रतियोगिता ‘एसियन क्रसकन्ट्री च्याम्पियनसिप’ फागुन २३ गते गोकर्णमा हुनेछ, जसमा सिनियर महिला र पुरुषका १० किलोमिटर तथा २० वर्षमुनिका जुनियर पुरुषको ८ किमि र महिला जुनियरको ६ किमि समावेश छन् ।
नेपाल एथलेटिक्स संघले दोस्रोपल्ट आयोजना गर्न लागेको च्याम्पियनसिपबारे स्थानीय प्राविधिक निर्देशक चन्द्रबहादुर गुरुङले टिम छनोटपछि दसदिने शिविर सञ्चालन गर्ने सोच भएको बताए ।
च्याम्पियनसिप आयोजनामा ३ करोड ६५ लाख ५५ हजार ५ सय रुपैयाँ खर्च हुने संघले जनाएको छ ।
Facebook Comment
Comment