नवनियुक्त कुलपतिले लिए शपथ

नेपालभ्युज

नवनियुक्त कुलपतिले लिए शपथ

काठमाडौं। नवनियुक्त तीन जना कुलपतिले बिहीबार विहान पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले शपथ लिएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छालीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

उनीहरुलाई सरकारले हिजो बुधबार नियुक्त गरेको थियो । शपथग्रहण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पनि उपस्थिति थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved