जनार्दन शर्मा भन्छन्, ‘दलबाहिरबाट राष्ट्रपति खोज्नु हुँदैन’

उनी भन्छन्– ‘हाम्रो बैठकमा राजनीतिक व्यक्तिभन्दा बाहिरबाट राष्ट्रपति बनाउनेबारे कुनै छलफल भएको छैन।’

नेपालभ्युज

जनार्दन शर्मा भन्छन्, ‘दलबाहिरबाट राष्ट्रपति खोज्नु हुँदैन’

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको राष्ट्रपति सहमतिको हुने र दलबाहिरबाट पनि खोज्न सकिने बताईरहँदा सोही पार्टीका उपमहासचिव जनार्दन शर्माले भने दलभित्रैबाट राष्ट्रपति हुने बताएका छन्।

सक्रिय राजनीति गरेको व्यक्तिलाई राष्ट्रपति बनाउँदा दुःख पाइएको भन्ने अध्यक्ष प्रचण्डको भनाइमा पनि शर्माको फरक मत छ । उनी भन्छन्– ‘हाम्रो बैठकमा राजनीतिक व्यक्तिभन्दा बाहिरबाट राष्ट्रपति बनाउनेबारे कुनै छलफल भएको छैन।’

माओवादी केन्द्रको केन्द्रीय समितिको भर्चुअल बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले सक्रिय राजनीति नगर्ने व्यक्तिलाई सहमतिमा राष्ट्रपति बनाउन प्रयास भइरहेको छ भनेर बताएका थिए ।

भोलिपल्ट संघीय संसद भवनबाहिर सञ्चारकर्मीसँग उपमहासचिव शर्माले भने–‘राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्छन् र गठबन्धनबाटै सहमति खोजिन्छ ।’ शर्माले राष्ट्रपतिको बिषयलाई लिएर गठबन्धनमा खटपट नहुने दाबीसमेत गरे।

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसकै उम्मेद्वार हुने जिकिर गरे। पत्रकारसँग कुरा गर्दै महतले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताए।

‘हामीले सबै दललाई कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न आह्वान गरेका छौं’ उनले भने–‘दलहरुबाट सकारात्मक प्रतिक्रिया आएका छन्।’

कांग्रेसको राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि बन्न सक्ने उनको भनाइ थियो। कांग्रेसको ध्यान अहिले राष्ट्रपतिको निर्वाचनतर्फ नै रहेको समेत उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved