हिमालय लोकस्टारमा आजदेखि मेगा अडिसन

नेपालभ्युज

हिमालय लोकस्टारमा आजदेखि मेगा अडिसन

काठमाडौं। टेलिभिजन रियालिटी शो हिमालय लोकस्टारमा आज (मंगलबार)देखि मेगा अडिसन सुरु हुँदैछ । दर्शकले यो एपिसोडदेखि वरिष्ठ लोकगायक कुमार बस्नेतलाई जजको रुपमा देख्न पाउनेछन् । उनी यो रियालिटी शोमा महाजजको रूपमा प्रस्तुत हुँदैछन् ।

मंगलबार र बुधबार प्रसारण हुने एपिसोडमा मेगा राउन्ड हुँदैछ । यो चरणमा डिजिटल अडिसनबाट छानिएका बीच प्रतिस्पर्धा हुनेछ । मेगा राउण्डमा अन्तिम २५ जना छनोट हुने भएका छन् ।

मेगा अडिसनको विशेष आकर्षणमा महाजज बस्नेत हुनेछन् । अघिल्लो चरणमा रामजी खाँण, ज्योति मगर र कुलेन्द्र विश्वकर्मा जजको रुपमा थिए ।

हिमालय लोकस्टारलाई फिल्म निर्देशक समेत रहेका सिमोस सुनुवारले निर्देशन गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved