वित्तीय रुपमा कुनै गल्ती गरेको छैनः अध्यक्ष हमाल

उनले कानून विपरित काम गर्नेलाई कारबाही गरेपछि आफूलाई घेराबन्दीमा पारिएको बताए ।

नेपालभ्युज

वित्तीय रुपमा कुनै गल्ती गरेको छैनः अध्यक्ष हमाल

काठमाडौं ।  धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डमा बसेर आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गरेका  छन् । सोमवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले बोर्डको अध्यक्ष भएर आएको ११ महिनामा बाहिर बजारमा हल्ला आएजस्तो आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गरेका हुन् ।

उनले आफूले धितोपत्र बोर्डमा सुधारका तत्काल धेरै काम शुरु गरेपछि चौतर्फी आक्रमण गरी चरित्र हत्या गर्न खोजिएको आरोप लगाए । उनले आफूले कुनै पनि वित्तीय रुपमा गल्ती गरेको प्रमाण भए कानून अनुसार कारबाही हुने बताए ।  उनले कानून विपरित काम गर्नेलाई कारबाही गरेपछि आफूलाई घेराबन्दीमा पारिएको बताए । उनले आफूले कुनै वित्तीय गल्ती गरेको प्रमाण ल्याएमा टुँडिखेलमा गएर झुन्डिन तयार रहेको बताए । उनले बोर्डले धितोपत्र बजारमा सुधारका धेरै कामहरुको थालनी गरेको दाबी गरे ।

उनले नागरिकताको सवालमा आफूसँग नेपाल बाहेक अन्य कुनै पनि देशको नागरिकता, स्थायी बसोबास अनुमति जस्ता कागजात नभएको दाबी गरे । उनले भने,‘मलाई घेराबन्दी गर्न खोजिएको छ । बोर्डको अध्यक्ष भएर आएसँगै बोर्डले गरेका कामको तिब्रतालाई देखेर मेरो चरित्र हत्या गर्न खोजिएको हो ।’

उनले नागरिकताको सवालमा वा कुनै अनियमिताको कुरामा कानूनी राज्यमा प्रमाण लिएर  गएपछि कानूनले हेर्ने भन्दै  आफुले नेपाली नागरिकता बाहेक कुनैपनि देशको कुनैपनि काल खण्डमा नागरिकता होइन पर्मानेन्ट एडेस समेत नलिएको बताए ।

‘समाचारमा कुन देशको नागरिकता लिएको हो समेत लेखिएको छैन । कुनै बेस समेत नभएको मान्छेको चरित्रमा हत्या गर्न खोजियो । म चुनौति गर्छु । मैले ५६ वर्षमा जुनसुकै स्थानमा बसेर काम गर्दा गरेको कमजोरी देखियो भने टुँडिखेलमा लगेर झुन्ड्याउँदा हुन्छ’, उनले भने ।

उनले भने, ‘केहीले मसँग विदेशको नागरिकता भएको बताएका छन् । तर उनीहरुले मसँग कुन देशको नागरिकता छ समेत भन्नसकेका छैनन् । मेरो मात्र होइन परिवारका कसैको पनि विदेशी नागरिकता छैन । छोरी बिहे भएर अमेरिकामा छ, उ अमेरिकी नागरिक हो ।’

उनले समयमा नै विवरण नबुझाउने संस्थाहरुलाई तत्काल कारबाही गर्ने बताए । उनले बार्डले जे गरी पनि कुनै कारबाही गर्दैन भने परम्परालाई तोड्दै कारबाही गर्ने थिती अपनाएको बताए। उनले हरेक नीतिहरु आउँदा कोही खुशी त कोही दुखी हुने भन्दै राम्रो काम गर्न नडराउने बताए ।   लगानी कर्ताको हीतको लागि बोर्डले जस्तोसुकै साहसिक निर्णय लिन तयार रहेको बताए ।

बोर्डका कार्यकारी निर्देशक नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठले नयाँ अध्यक्ष आएको १० महिनामा ३८ वटा संस्थाहरुलाई साधरण शेयर आइपीओ निस्काशन अनुमति पाएको बताए । उनले बोर्डले प्रत्येक महिनाको ४ वटा कम्पनीको

उनले १० महिनामा यति धेरै काम गर्दा पनि बोर्डले केही काम नगरेको भन्ने गुनासो आइरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved