सन्दर्भ-विश्व क्यान्सर दिवस

धेरैजनासँग यौन सम्पर्क गर्दा पाठेघरको क्यान्सर हुने जोखिम बढी – डा. रोशनी उलक

यदि महिलाले सेक्स पार्टनर चुजगर्दा मल्टिपल पार्टनर छानेको छ भने ‘द मोर मन्टिपल पार्टनर, द मोर चान्सेज टु सर्वाइकल क्यान्सर’। त्यसैले सेक्स पार्टनर चुज पनि घटाउनुपर्छ।

नेपालभ्युज

धेरैजनासँग यौन सम्पर्क गर्दा पाठेघरको क्यान्सर हुने जोखिम बढी – डा. रोशनी उलक

फेब्रुअरी ४ अर्थात् आज विश्व क्यान्सर दिवस। पछिल्लो समय नेपालमा क्यान्सरका बिरामी बढ्दै गएका छन्। त्यसमा पनि सबैभन्दा बढी महिलाको पाठेघरको क्यान्सर हुने गरेको विज्ञहरू बताउँछन्। पछिल्लो केही वर्ष यताको तथ्यांकअनुसार महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर देखा परेको स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ डा. रोशनी उलक बताउँछिन्। महिलाहरूले प्रत्येक वर्ष आफ्नो पूरा शरीरको चेकजाँच गर्ने हो भने पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगिन सकिने उनको भनाइ छ। प्रस्तुत छ, स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा. रोशनी उलकसँग गरिएको कुराकानीको अंश।

 

अहिले नेपालमा क्यान्सरको अवस्था कस्तो छ ?

पछिल्लो समय क्यान्सरको अवस्था हेर्दा, नयाँ डेटा (तथ्याङ्क) अनुसार महिलाहरूमा सबैभन्दा धेरै सर्भाइकल क्यान्सर, पाठेघरको मुखको क्यान्सर, ब्रेस्ट क्यान्सर र लङ क्यान्सरहरू सबैभन्दा बढी मात्रामा पाइएको छ।

 

समाजमा क्यान्सरविरुद्धको सचेतना कस्तो पाइएको छ?

मान्छेहरूमा जनचेतनाको कमी जस्तो लाग्छ। मान्छेहरू केही समस्या परेमा अस्पताल आउनुपर्‍यो । के छ भनेर जँचाउनु प¥यो। गाउँघर तिर त त्यस्तो छैन। तर काठमाडौंको नै मान्छेहरूमा पनि आफूलाई केही नपरेसम्म अस्पताल जाँदैनन्।

वर्ष–वर्षमा अस्पताल गएर होलबडी चेकअप (शरीरको पूरा चेकजाँच) गराउनु पर्छ। अहिले नयाँ ट्रेन (चलन) त गएको छ तर काठमाडौं मात्रै नेपाल होइन, बाहिरी जिल्लाका मानिसलाई पनि यसको बारेमा जनचेतना जगाउन नसकेको कारणले गर्दा नै हामीमा क्यान्सर बढी रहेको छ।

 

केही वर्षयता महिलालाई हुने पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ, भन्ने कुरा छ नि ?

पाठेघरको मुख भनेको पाठेघर र भजाइना (महिलाको यौनाङ्ग) लाई कनेक्ट (जोड्ने) गर्ने कुरालाई पाठेघरको मुख भनिन्छ। यसको क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ। पाठेघरको क्यान्सर भन्नाले भित्र पनि हुनसक्छ।

इण्डोमेट्रियल क्यान्सर हुनसक्छ, फ्यालोपनट्युबको क्यान्सर हुनसक्छ, ओभरीको क्यान्सर हुनसक्छ। तर हामीले अहिले कुरा गर्दा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ।

यो ‘ह्यूमन प्याप्लोमा’ भन्ने भाइरस भन्ने जुन कीटाणु छ, त्यसले गर्दा सबैभन्दा मस्ट कमन कज एचपिबीको कारणले गर्दा हुन्छ। १६ र १८ जुन स्ट्रयान्ज छ, त्यसले बढी गराउँछ।

 

कस्तो लक्षण देखिन्छ, कसरी थाहा पाउने ?

यदि बिरामीले श्रीमानसँग शारीरिक सम्पर्क गर्दा रगत देखा पर्ने, महिनावारी सुकिसकेपछि पनि अलिअलि रगत देखापर्नु, डिस्चार्ज आउँदा बल्डी डिस्चार्ज जस्तो हुने, फल्स मेलिङ डिस्चार्ज हुने यस्तो कुनै पनि लक्षण देखिए अस्पताल गएर चेकजाँच गर्नुपर्छ। पाठेघरको मुखको क्यान्सर कस्तो हुन्छ भने त्यसको एउटा प्याप टेस्ट भन्ने हुन्छ।

त्यो गर्न सकिन्छ। २१ देखि २९ वर्ष समूहका महिलाहरू सेक्सुअल्ली एक्टिभ हुनुहुन्छ भने प्याप स्मेल टेस्ट हरेक तीन वर्षमा गर्नुपर्छ। ३५ देखि ६५ उमेर समूहको हुनुहुन्छ भने प्याप टेस्ट मात्रै गर्दा तीन वर्षमा गर्नुपर्छ।

त्यसमा प्याप टेस्ट पनि जाँच्ने हो भने हरेक ५ वर्षमा गर्नुपर्छ। यदि ६६ भन्दा माथिको महिलाहरू हुनुहुन्छ भने पहिला जति पनि दिनहरूमा गरिरहनु भएको छ प्याप स्मेल टेस्ट, यदि नेगेटिभ छ भने अब डिस्कन्टिन्यू गरे पनि हुन्छ। भविष्यमा सर्वाइकल क्यान्सर लाग्ने चान्सेस उहाँहरूमा घट्दै जान्छ।

 

कस्तो महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढी हुन्छ?

रिस्क फ्याक्टरको कुरा गर्ने हो भने रिस्क फ्याक्टर भन्नाले यदि महिलाले पार्टनर चुज गर्दा मल्टिपल पार्टनर छानेको छ भने ‘द मोर मन्टिपल पार्टनर द मोर चान्सेज टु सर्वाइकल क्यान्सर’। त्यसैले पार्टनर चुज पनि घटाउनु पर्छ।

मल्टिपल पार्टनर युज गर्नु भएन एउटा कुरा । दोस्रो भनेको अर्ली एजमा सेक्स गर्नु पनि भएन।

त्यो पनि अर्को कारण हुनसक्छ। यदि एसटिडी रोगहरू छ (सेक्सुअल्ली ट्रान्समिटेड डिजिज) रोगहरू गोनोरिया, क्लाइमेडिया, एचआइभी यिनीहरू रोग लागेका छन् भने र अर्को इम्युन कम्परमाइजमा पनि लाग्ने चान्सेजहरू बढी हुन्छ।

त्यसैले यी रिस्क फ्याक्टरलाई ध्यानमा राखेर उहाँले प्रिभेन्सनहरू (रोकथामका उपाय) लिन सक्नुहुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved