मेरो मन कहिल्यै बुढो हुँदैन : राजेश हमाल

नेपालभ्युज

मेरो मन कहिल्यै बुढो हुँदैन : राजेश हमाल

काठमाडौं । म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो । १० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा बोल्दै महानायक राजेश हमालले कुनैपनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने बताए।

उनले आफूले पनि मन बुढो भएन भन्ने गीत गाउने प्रयास गरेको बताए । उनले आफ्नो मन बुढो हुने कुरै नभएको भन्दै गीत भने प्रकाश सुवेदीप्रति प्रेरित भएर रचना गरेको बताए । सो अवसरमा उनले आफ्नो गीत गाएर सुनाएका थिए । उनले कलाकार जितु नेपालको चलचित्र ह्यारी की प्यारी अहिले आइरहेको र चलचित्रमा नेपाल हिरोको रोलमा रहेको भन्दै अलि अघि हिरो बनेको भए आफू पत्तासाफ हुने भन्दै ठट्टा गरे  ।

त्यस्तै कार्यक्रममा अभिनेता जितु नेपालले शुक्रवारबाट चलचित्र ह्यारी की प्यारी हलहरुमा प्रदर्शन हुने भन्दै चलचत्रिमा आफू र अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहको प्रेम कहानीको उत्तारचढाव रहेकाले सबैले हेरेर साथ दिन आग्रह गरे ।

गीतमा स्वर यश कुमार र मेचु धिमालको रहेको छ भने गीतको भिडियोमा रेस्मा घिमिरे, यश कुमार, राजेश घतनी लगायतका कलाकारको अभिनय रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved