एकीकृत समाजवादीको सचिवालय बैठकमा घनश्याम भुसाल पनि सहभागी

नेपालभ्युज

एकीकृत समाजवादीको सचिवालय बैठकमा घनश्याम भुसाल पनि सहभागी

काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक  पार्टी कार्यालय आलोकनगरमा सुरू भएको छ ।

बैठकमा  बदलिँदो राजनीतिक परिवेश, पार्टी एकता, राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन, राष्ट्रपतिको निर्वाचनबारे भएका प्रयासहरूबारे छलफल भइरहेको जनाइएको छ ।

बैठकमा नेकपा एमाले छाडेर प्रवेश गरेका घनश्याम भुसाल पनि सहभागी छन् । महासचिव बनाउने सर्तसहित एसमा आएका भुसाल अहिले सचिवालय सदस्य छन् । उनी पहिलोपटक सचिवालय बैठकमा सहभागी भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved