राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गर्न माओवादीको स्थायी समिति बैठक बस्दै

नेताको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउन सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने पार्टी महासचिव देव गुरुङले जानकारी दिए ।

नेपालभ्युज

राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गर्न माओवादीको स्थायी समिति बैठक बस्दै
फाइल फोटो

काठमाडौँ । नेताको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउन सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने पार्टी महासचिव देव गुरुङले जानकारी दिए ।

यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो ।
बैठकमा कार्यविभाजनसँगै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषय सत्ता गठबन्धनमा देखिएको विवाद र समाधानका बारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved