क्यान र गण्डकी सरकारबीच पोखरा क्रिकेट मैदानको स्तरोन्नतिबारे छलफल

नेपालभ्युज

क्यान र गण्डकी सरकारबीच पोखरा क्रिकेट मैदानको स्तरोन्नतिबारे छलफल

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले पोखरा क्रिकेट मैदानको स्तरोन्नतिका लागि छलफल गरेको छ ।

मंगलबार क्रिकेट मैदान स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारका खेलकुदमन्त्री पच्चराम गुरुङ, राखेप बोर्ड सदस्य राजेश गुरुङ लगायतको टोलीसँग छलफल भएको क्यानले जनाएको हो ।

क्यानको बोर्ड बैठकका लागि पोखरा पुगेका क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंहलगायतका टोलीले

छलफल र मैदान अवलोकन गरेका थिए ।

आज मंगलबार पोखरामा हुने बोर्ड बैठकमा १७ वटा एजेन्डामा छलफल हुनेछ । जसमध्ये मुख्य एजेन्डा नेपाल टी–ट्वान्टी लिग प्रतियोगिता र पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषयमा मुख्य एजेन्डा रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved