अमलाका धेरै छन् गुण, जानौं

नेपालभ्युज

अमलाका धेरै छन् गुण, जानौं

एजेन्सी । अमलामा धेरै गुणहरु हुन्छन् । अमलालाई दिनहुँ सेवन गर्दा शरीरमा कस्तो फाइदा हुन्छ भनेर यहाँ जान्न सकिन्छ । अमला एउटा बहुगुणी फल हो । जानौं यसका अन्य फाइदाहरुका बारेमा ।

  • अमलामा पानीको मात्रा हुन्छ, जसले पिसाबसम्बन्धी समस्या हटाउन मद्दत गर्छ ।
  • अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ । जसका कारण युरिक एसिड, किड्नीको समस्यालाई फाइदा पुग्छ ।
  • अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्सलगायत विभिन्न पोषक तत्व हुन्छन् । जसले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्‍याउँछ ।
  • अमला कपालका लागि झनै उपयोगी हो । यसले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । साथै, टुक्रिनबाट समेत कपाललाई रोक्छ ।
  • अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ । साथै, ब्लडसुगर नियन्त्रण गर्छ ।
  • अमला खाँदा कब्जियत, अपच, डाइरियाजस्ता समस्या हटेर जान्छ । त्यस्तै, यसको नियमित सेवनले स्फूर्ति बढ्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved