राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा क-कसको पर्‍यो उम्मेदवारी

नेपालभ्युज

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा क-कसको पर्‍यो उम्मेदवारी

काठमाडौं। राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा तीन दलले उम्मेदवारी दिएका छन्। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको सिटमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिएका छन्। सत्तारूढ दलका तर्फबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिएका छन् ।  तर, गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले पनि छुट्टै उम्मेदवारी दिएको छ ।

नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन् । नागरिक उन्मुक्तिका राजेन्द्रवीर रायले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्ताका लागि पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि प्रदेश निर्वाचन कार्यालय दाङ पुगेकी थिइन् ।

राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved