नयाँ दलहरूप्रति ओलीको कटाक्ष- केका लागि थाहा छैन, ह्वात्तै आउँछन्, तर स्थायी नरहने हुन्छन्

नेपालभ्युज

नयाँ दलहरूप्रति ओलीको कटाक्ष- केका लागि थाहा छैन, ह्वात्तै आउँछन्, तर स्थायी नरहने हुन्छन्

काठमाडौं । सत्ता साझेदारा दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ दलहरूप्रति कटाक्ष गरेका छन् ।

स्कूल विभागद्वार बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘ह्वात्तै आउँछन् तर स्थायी नरहने हुन्छन् ।’

त्यसअघि उनले भनेका छन्, ‘कतिपय दलहरू केका लागि खोलेका हुन् नै थाहा हुँदैन । केही सामाजिक असन्तुष्टिलाई प्रयोग गर्ने, गन्तव्य केही थाहा हुँदैन । कोही मौसमी खालका कुराबाट ह्वात्त आउने, देखा पर्ने हुन्छन् तर स्थायी हुँदैनन् ।’

उनले जनताकेन्द्रित, सुशासनकेन्द्रित भएर काम गर्नुपर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved