चलचित्र ‘संघार’ काठमाडौंमा पनि प्रदर्शन हुँदै

नेपाल भ्युज

चलचित्र ‘संघार’ काठमाडौंमा पनि प्रदर्शन हुँदै

काठमाडौं । चलचित्र ‘संघार’ संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र आउँदो माघ १६ गते सोमबार बानेश्वरस्थित मण्डला थिएटरमा प्रदर्शन हुने लेखक तथा निर्देशक प्रयास दुमी राईले जानकारी दिए ।

चलचित्र दशैंलाई छेको पारेर खोटाङको ऐसेलुखर्कसँगै आसपासका क्षेत्र, उदयपुरको चौदण्डीगढीका दर्जनौँ स्थानहरूमा र आसपासका जिल्लामा समेत प्रदर्शन भएको थियो ।

संघार; नामजस्तै न भित्र, न बाहिरको कथा भएको निर्देशक प्रयास बताउँछन् । ‘न भित्र, न बाहिर; संघारमा च्यापिएका भुइँ मान्छेहरूका कथा हो— संघार,’ उनले भनेका छन् ।

चलचित्रमा अस्मिता राई, प्रयास दुमी राई, अरुण राई, सुश्मा राई, दुर्गा वान्तावा राई, मनोज राई, अनिशा चाम्लिङ, विवेक दुमी राई, सम्झना राई, उदित राई, पेशल राई, बबिना राईलगायत कलाकारका रूपमा देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved