अनमोल केसी बाहिरिएपछि ‘एक्स नाइन’मा प्रदीप खड्कालाई प्रस्ताव

नेपालभ्युज

अनमोल केसी बाहिरिएपछि ‘एक्स नाइन’मा प्रदीप खड्कालाई प्रस्ताव

काठमाडौं। अभिनेता अनमोल केसीले छाडेपछि फिल्म ‘एक्स नाइन’ मा निर्माताले अभिनेता प्रदीप खड्कालाई प्रस्ताव गरेका छन् । निकट स्रोतका अनुसार अनमोलले छाडेको भोलिपल्टै निर्माताले प्रदीपलाई उक्त रोलमा प्रस्ताव गरेका थिए ।

तर, फिल्म खेल्न प्रदीपले सर्त राखेका छन्, त्यो हो यसअघि घोषणा भएअनुसार बलिउड अभिनेता सुनील सेट्टी पनि फिल्ममा हुनुपर्ने  । यदि सुनिल पनि फिल्ममा भए प्रदीपले फिल्म ‘एक्स नाइन’ मा काम गर्ने संकेत देखाएका छन् ।

एक्स–नाइनमा यसअघि नै सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल, नीति शाह लगायत पनि अनुबन्धित भइसकेका छन् । गोल्डेन हिल्स पिक्चरको ब्यानरमा बन्न लागेको फिल्मलाई मुकुन्द भट्टले निर्देशन गर्ने तयारी छ ।

समयमै फिल्म छायांकन सुरु नभएको भन्दै अनमोल केसी फिल्म ‘एक्स नाइन’बाट बाहिरिए । उनले लिएको पेश्की रकम पनि निर्मातालाई फिर्ता गरिसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved