रूपन्देहीमा सुनचाँदी पसलबाट सेफ चोरी

नेपालभ्युज

रूपन्देहीमा सुनचाँदी पसलबाट सेफ चोरी

काठमाडौं। रूपन्देहीमा सुनचाँदी पसलबाट गहनासहितको सेफ चोरी भएको छ । रुपन्देहीको कन्चन गाउँपालिका- ५ गरगरेमा सञ्चालित न्यु अर्घाखाँची सुनचाँदी पसलबाट साढे ८ लाखका तयारी सामग्री चोरी भएको हो । पसलबाट सुनचाँदीका गरगहना राखिएको सेफ नै चोरी भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार शनिबार राति लालबहादुर विश्वकर्माको उक्त पसलको सटर फोरेर सेफसहित चोरी भएको हो ।

पसलधनी  अनुसार सेफमा ८ तोला सुन र ६० हजार बराबरको चाँदीका गरगहना रहेको थियो । तर, २५० किलोभन्दा बढी वजन रहेको सेफ चोरी हुँदा स्थानीयले थाहा नपाएको र  बजारमा राखिएको सीसीटीभी क्यामरा नचल्दा चोरीको फुटेजसमेत कतै कैद हुन नसकेको प्रहरीले बतायो  ।

पसल सञ्चालकको केही समयअघि दुर्घटनामा परी निधन भएको थियो । केही दिनअघि मात्रै खोलिएको पसलबाट सेफसहित चोरी भएकाले घटना रहस्यमय भएको प्रहरी निरीक्षक मरासिनीले बताए ।

यता सुनचाँदी व्यवसायी संघ रुपन्देहीका महासचिव सीताराम रसाइलीले विज्ञप्ती जारी गर्दै सुन पसलबाट सेफ नै चोरी हुनुले सिंगो सुनचाँदी व्यवसायी आतंकित भएको उल्लेख गरेका छन् । उनले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी चोरी भएको सुनचाँदी यथाशीघ्र बरामद गर्न माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved