वर्षमानलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन सुमेरु अस्पताल पुगे

नेपालभ्युज

वर्षमानलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन सुमेरु अस्पताल पुगे

काठमाडाैं। उपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न सुमेरु अस्पताल पुगेका छन्।

केही दिनदेखि अस्पतालमा उपचाररत वर्षमानकाे स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति नन्दबहादुर सुमेरु अस्पताल पुगेका हुन्। उनले वर्षमानकाे शीघ्र स्वास्थ्यलाभकाे कामना पनि गरे।

अस्पताल स्राेतका अनुसार वर्षमानकाे स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेकाे छ।

गत बिहीबार उपमहासचिव वर्षमानकाे स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि रोल्पाबाट हेलिकप्टरमार्फत् आकस्मिक उद्धार गरी काठमाडौँ ल्याइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved