सातौं एनभिए भलिबल च्याम्पियनसिपः पुलिस सेमिफाइनलमा

नेपालभ्युज

सातौं एनभिए भलिबल च्याम्पियनसिपः पुलिस सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लवले साविक विजेता न्यु डायमण्ड स्पोर्टस  क्लवमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै राधानीमा जारी सातौैं एनभिए क्लव भलिबल च्याम्पियनसिपमा महिलातर्फ  सेमिफाइनलमा प्रवेश गरेका छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पुलिसले न्यु डायमण्डलाई ३–२ को सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको हो । हारका बावजुद न्यु डायमण्ड समूह उपविजेता बन्यो ।

पहिलो सेटमा २५–२२ ले आफ्नो पक्ष बनाएको पुलिसले दोस्रो सेट डायमण्डलाई २५–२२ ले सुम्पिएको थियो । तेस्रो सेट २५–१४ ले जित्दै पुलिसले खेलमा २–१ को अग्रता बनाएको प्रतिष्पर्धामा  न्यु डायमण्डले चौथो सेट डायमण्डले २५–२३ पुनरागमन गर्‍यो ।

प्रतियोगिता अन्तर्गत बिहीवार नै सम्पन्न पुरुष तर्फको प्रतिष्पर्धामा केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र, हेल्प नेपाल स्पोर्स क्लव, गण्डकी प्रदेश र विभागीय टोली एपिएफले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

राखेप कोर्टमा सम्पन्न खेलमा केशवलालले बुढानिलकण्ठ भलिबल क्लवलाई पराजित गर्ने क्रममा शुरुवाती सेटमा २७–२५ को रोमाञ्चक जित निकालेको थियो । त्यसपछि बाँकी सेटमा भने केशवलालले सहज जित निकाल्न सफल भएको थियो ।

सोही क्रममा केशवलालले दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा २५–१६ को सहज जित निकालेको हो । यस जितसँगै केशवलालले ३ खेलबाट ६ अंक जोडेको छ । केशवलाल उपविजेता बन्न सफल भयो । बुढानिलकण्ठले ३ खेलबाटै ३ अंक जोड्यो ।

पुरुषतर्फकै अर्को खेलमा मधेस प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकालेको हेल्प नेपाल समूह डी को विजेता बन्यो । हेल्प नेपालले मधेसमाथि पहिलो सेटमा २५–१८ को जित निकाल्दा दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–८ को सहज जित निकाल्न सफल भएको हो । यस जितसँगै हेल्प नेपालले सबै तीन खेलमा स्पष्ट जित निकालेर तालिकामा ९ अंक जोड्नसक्यो ।

समूह सी को खेलमा गण्डकी प्रदेशले ढोरपाटन प्रशिक्षण केन्द्रलाई सोझो सेटमा हराउँदै च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गण्डकी समूह ‘सी’ को उपविजेता बन्दै क्वार्टरफाइलनमा प्रवेश गरेको हो ।

समूह सी बाट विभागीय टोली नेपाल पुलिस क्लव समूह विजेता बनिसकेको छ भने पराजित ढोरपाटन समूह चरणबाटै घर फर्किएको छ । गण्डकीले ढोरपाटनमाथि २५–१२, २५–९ र २५–१० को सेटमा जित निकाल्यो ।

यस्तै पुरुषतर्फ अर्को विभागीय टोली एपिएफले शैलुङ बागढुंगामाथि पनि सोझो सेटमा जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो । एपिएफले शैलुङविरुद्ध पहिलो सेटमा २५–१३, दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२१ को जित निकाल्न सफल भयो ।

यससँगै एपीएफ समूह विजेता बन्दा शैलुङ उपविजेता बन्यो । एपीएफले दुई खेलबाट तालिकामा ६ अंक जोड्दा शैलुङले २ खेलबाट ३ अंक जोड्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved