नेपाल प्रहरीका १७ जना डीआईजीको सरुवा (सूचीसहित)

नेपालभ्युज

नेपाल प्रहरीका १७ जना डीआईजीको सरुवा (सूचीसहित)

काठमाडौं। नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना निकाल्दै १७ डीआईजीहरूको काज सरुवा गरिएको जनाएको छ ।

सरुवा हुने डीआईजीहरुमा दीपक थापा बागमती, टेकप्रसाद राई लुम्बिनी, वसन्त कुँवर मधेस, अशोक सिंह सुदूरपश्चिम, भीम ढकाल कर्णाली, श्यामलाल ज्ञवाली १ नम्बर प्रदेश, बुद्धिराज गुरुङ गण्डकी, दुर्गा सिंह भरतपुर शिक्षालय र किरण राणाको एयरपोर्टमा सरुवा भएको हो ।

नेपाल प्रहरीमा हाल चार एआईजी पद रिक्त रहेको छ । तर, आईजीपी धीरजप्रताप सिंहले एआईजीमा बढुवा भन्दा पनि डीआईजीहरूको सरुवा गरी बढुवा प्रक्रिया नै लम्ब्याएका छन् । डीआईजीहरूको सरुवामा इन्चार्जबाट पुन: इन्चार्ज पाउनेहरू पनि देखिएका छन् ।

एयरपोर्टको प्रमुख रहेका श्याम ज्ञवालीलाई १ नम्बर प्रदेशमा पठाइएको छ भने आर्थिक प्रशासनमा बसेर अनियमिततामा मुछिएका दीपक थापालाई बागमती प्रदेशमा पठाइएको छ ।

हेर्नुहोस् सूची :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved