नेपाल टी–२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

गतिलो सुरुवातका बाबजुद लुम्बिनीले ठुलो स्कोर खडा गर्न सकेन । पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेपनि मध्य र पछिल्लो क्रमका ब्याट्स्म्यान क्रिजमा टिक्न सकेनन् ।

नेपालभ्युज

नेपाल टी–२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

काठमाडौं। नेपाल टी–२० लिगको उपाधि जित्न विराटनगर सुपर किङ्सले १३४ रनको लक्ष्य पाएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार जारी फाइनलमा लुम्बिनी अलस्टार्स १९.२ ओभरमा १३३ रन बनाएर अलआउट भएको हो। गतिलो सुरुवातका बाबजुद लुम्बिनीले ठुलो स्कोर खडा गर्न सकेन ।

पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेपनि मध्य र पछिल्लो क्रमका ब्याट्स्म्यान क्रिजमा टिक्न सकेनन् । लुम्बिनीले पछिल्ला ६ विकेट केवल २८ रन जोड्दा गुमाएको थियो ।

उसले १८ र १९ औ ओभरमा मात्रै पाँच विकेट गुमायो । ओपनर लाहिरु मिलन्थाले ४१ र हर्मित सिंहले ३० रन बनाए । ७ जना ब्याट्स्म्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

विराटनगरका राज नानन र नन्दन यादवले २–२ विकेट लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved