देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड बुढानीलकण्ठ पुगे, सदनको गतिरोध अन्त्यका विषयमा छलफल

नेपालभ्युज

काठमाडौं । सहमतिको प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् ।

संसदको जारी गतिरोध अन्त्यको प्रयासस्वरुप प्रधानमन्त्री प्रचण्ड देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् । देउवा केही दिन यता अस्वस्थ्य रहेकाले घरमै आराम गरेर बसेका छन् ।

दुई शीर्ष नेताबीच जारी भेटमा संसद्को गतिरोध अन्त्यको उपायका बारेमा छलफल भइरहेको सभापति देउवाको सचिवालयले जनाएको छ । सहकारीको रकम अपचलनको छानबिनका लागि गठन गर्ने कार्यदलको कार्यादेशसहित सदनको गतिरोध अन्त्यका विषयमा छलफल भइरहेको बताइएको छ ।

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड देउवा निवास पुगेका हुन् । आज बिहान ११ बजे संसदको बैठक बस्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved