बर्खास्त भएको भनिएका दासानायकेकै प्रशिक्षणमा क्यानडाको टिम घोषणा

नेपालभ्युज

बर्खास्त भएको भनिएका दासानायकेकै प्रशिक्षणमा क्यानडाको टिम घोषणा

काठमाडौं । क्यानडाले टी-२० विश्वकपका लागि पुबुदु दासानायकेको मुख्य प्रशिक्षणमा राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

दासानायकेलाई बिहीबार क्यानडा क्रिकेट बोर्डका नयाँ उपाध्यक्ष गुरदीप क्लेयरले बर्खास्त गरेको खबर अन्तराष्ट्रिय सञ्चारमाध्यममा आएको थियो ।

तर, शुक्रबार क्यानडाले दासानायकेकै मुख्य प्रशिक्षणमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

क्लेयरले दासानायकेलाई मौखिक रूपमा जारी तयारी खेलपश्चात उनको सेवाको आवश्यकता नरहेन जानकारी गराएका क्रिकबजले जनाएको थियो ।

सन् २०२२ जुलाईमा दासानायके आफ्नो दोस्रो कार्यकालका लागि क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । यसअघि उनले नेपाल र अमेरिकाको मुख्य प्रशिक्षकको भूमिका पनि सम्हालेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved