प्रदेश-१ मा मुख्यमन्त्री कार्की र ३ मन्त्रीले लिए शपथ

नेपालभ्युज

प्रदेश-१ मा मुख्यमन्त्री कार्की र ३ मन्त्रीले लिए शपथ

विराटनगर। प्रदेश-१ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङसँग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

कार्कीले ३ जनालाई मन्त्री पनि नियुक्त गरेका छन् । एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बू मन्त्री नियुक्त भएका छन् । विना विभागीय मन्त्री बनेका उनीहरूले पनि मुख्यमन्त्री कार्कीसँगै शपथ लिएका हुन् ।

प्रदेश १ सरकारमा नेकपा (माओवादी केन्द्र) भने सहभागी भएको छैन । उसले प्रदेश १ सरकारको नेतृत्व आलोपालोको सहमति नभएसम्म आफूहरू सरकारमा नजाने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved