नेपाल टी–२० लिग : लुम्बिनीले दियो जनकपुरलाई १४४ रनको लक्ष्य

नेपालभ्युज

नेपाल टी–२० लिग : लुम्बिनीले दियो जनकपुरलाई १४४ रनको लक्ष्य

काठमाडौं। नेपाल टी–२० लिगको पहिलो क्वालिफायरमा लुम्बिनी अलस्टार्सले जनकपुर रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले पूरै ओभर खेल्दा ८ विकेट गुमाएर १४३ रन बनाएको हो।

लुम्बिनीको लागि इशान पाण्डेले ३८ रन र अनिल साहले २४ रन जोडे।

जनकपुरको लागि भने अशान प्रियान्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले २–२ तथा पवन शराफ, जितेन्द्र मुखिया र ट्रेभोन ग्रिफिथ १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved