नेपाल टी–२० लिग : लुम्बिनी अलस्टार्सको सातौँ जित, जनकपुर ५ रनले पराजित

यसअघि नै प्लेअफमा पुगेको लुम्बिनी १४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । १० अङ्क भएको जनकपुर दोस्रो स्थानमा छ ।

नेपालभ्युज

नेपाल टी–२० लिग : लुम्बिनी अलस्टार्सको सातौँ जित, जनकपुर ५ रनले पराजित

काठमाडौं। नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्सले सातौँ जित निकालेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा लुम्बिनीले जनकपुर रोयल्सलाई ५ रनले पराजित गरेको हो।

यसअघि नै प्लेअफमा पुगेको लुम्बिनी १४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । १० अङ्क बटुलेको जनकपुर दोस्रो स्थानमा छ ।

१७९ रनको लक्ष्य पछ्याएको जनकपुरले पूरै ओभर खेल्दा ६ विकेट गुमाएर १७३ रन बनायो। जनकपुरका लागि च्याडविक वाल्टनले अविजित ५९ र सन्दीप जोराले २६ रन बनाए। लुम्बिनीको लागि विपुल शर्मा र ह्यारी टेक्टरले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको लुम्बिनीले पूरै ओभर खेल्दा ६ विकेट गुमाएर १७८ रन बनायो। लुम्बिनीको लागि हर्मित सिंहले ७३ र लाहिरु मिलन्थाले ३३ रन जोडे। जनपुरको लागि शराफुद्दिन अशरफले ३ तथा जितेन्द्र मुखिया, र ललित राजवंशीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved