लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा सांसदको शपथ ग्रहण

नेपालभ्युज

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा सांसदको शपथ ग्रहण

दाङ । लुम्बिनी प्रदेशका प्रदेशसभा सांसदहरुको शपथ ग्रहण कार्यक्रम आज हुँदैछ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा नवनिर्मित प्रदेश सभा भवनमा सांसदलाई शपथ ग्रहण गराउन लागिएको हो ।

अस्थायी मुकाम बुटवलबाट राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा स्थानान्तरण भएसँगै लुम्बिनी प्रदेश सरकार र संसद् सचिवालय लगायतको कार्यालयबाट हुने सबै कामकाज देउखुरीबाटै सञ्चालन भएका छन् ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुनका अनुसार आइतबार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । नवनिर्वाचित सांसदलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउनेछन् ।

अन्य प्रदेशहरूमा ज्येष्ठ सांसदले शपथ गराउने भए पनि लुम्बिनीमा प्रदेश प्रमुखले नै सबै सांसदहरूलाई शपथ गराउने कार्यविधि बनाइएको छ ।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिकबाट निर्वाचित भएका हुन ।

८७ सदस्यीय प्रदेश सभामा १० दलको सहभागिता रहेको छ । एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल बनेको ।

नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ९, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, जनता समाजवादीका ३, लोकतान्त्रिक समाजवादीका ३, राष्ट्रिय जनमोर्चाका एक, नेकपा एकीकृत समाजवादीका एक र ३ जना स्वतन्त्र सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved