एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

नेपालभ्युज

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।

शनिबार बिहान ११ बजे पार्टी कार्यालयमा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै चुनावको समीक्षा गरिने बताइएको छ ।

कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि आफूहरुको अबको भूमिका के हुने भन्ने बारेमा बैठक केन्द्रीत रहने एक नेताले जानकारी दिए ।

सरकारमा सहभागी हुने, नहुने र पार्टीका आगामी कदमबारे अध्यक्ष माधवकुमार नेपालले जिल्ला तहबाटै सुझाव संकलन गरेको ति नेताले बताए । ति सुझावबारे पनि बैठकमा छलफल गरिने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved