प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षी ली खछ्याङको बधाई

चिनियाँ प्रधानमन्त्री लीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई सन्देश पठाएका छन्। कार्यकाल सफल हुने आशा व्यक्त गर्दै उनले लिखित सन्देशमा नेपालको स्थायित्व, विकास र समृद्धि चीन सधैँ साथमा रहने बताएका छन्।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षी ली खछ्याङको बधाई
फाइल फोटो

काठमाडौं। चिनियाँ प्रधानमन्त्री लीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई सन्देश पठाएका छन्। कार्यकाल सफल हुने आशा व्यक्त गर्दै उनले लिखित सन्देशमा नेपालको स्थायित्व, विकास र समृद्धि चीन सधैँ साथमा रहने बताएका छन्।

यसअघि प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएकै दिन चिनियाँ दूतावासले र चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बधाई दिएका थिए।

अहिले समकक्षी लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई बधाई पत्र पठाएका थिए। दूतावासले प्रधानमन्त्रीलाई उक्त पत्र शुक्रबार हस्तान्तरण गरेको हो। पत्रमा लीले चीन प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने अपेक्षा समेत व्यक्त गरेका छन् ।

दुई देशबीच लामो समयदेखि पृथक द्विपक्षीय सम्बन्ध रहेको भन्दै बधाई सन्देशमा यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved