अर्थ मन्त्रालयमा सबैभन्दा बढी ५४.७४ प्रतिशत बेरुजु, अरुमा कति ? (पूरा तथ्याङ्क)

नेपालभ्युज

अर्थ मन्त्रालयमा सबैभन्दा बढी ५४.७४ प्रतिशत बेरुजु, अरुमा कति ? (पूरा तथ्याङ्क)

काठमाडौं । सङ्घीय सरकारी कार्यालयतर्फ गत आर्थिक वर्षमा सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कअनुसार सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा देखिएको हो ।

अर्थमा ५४.७४ प्रतिशत बेरुजु देखिएको छ, १० मन्त्रालयहरूको तथ्याङ्क प्रतिवेदनमा राखिएको छ । दोस्रोमा भौतिक तथा पूर्वधार मन्त्रालय छ, उसको बेरुजु २५.९९ प्रतिशत छ ।

तेस्रोमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चौथोमा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र पाँचौँमा शहरी विकास मन्त्रालय छन् । उनीहरूको बेरुजु क्रमश: ६.७१ प्रतिशत, २.१९ प्रतिशत, र १.९८ प्रतिशत छ ।

यसैगरी खानेपानी मन्त्रालयको १.६४ प्रतिशत, भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालको १.३० प्रतिशत, गृह मन्त्रालयको १.१६ प्रतिशत, संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयको ०.८८ प्रतिशत, परराष्ट्र मन्त्रालयको ०.८३ प्रतिशत र बाँकी अन्य मन्त्रालयहरुको २.५८ प्रतिशत बेरुजु देखिएको छ ।

कार्यालयले १० मन्त्रालयमा सङ्घीय सरकारी कार्यालयतर्फको कूल बेरुजुको ९७.४२ प्रतिशत रहेको जनाएको छ ।

पूरा तथ्याङ्क हेर्नुहोस्;


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved