हैदरावादलाई हराउँदै कोलकाताले जित्यो आईपीएलको उपाधि

नेपालभ्युज

हैदरावादलाई हराउँदै कोलकाताले जित्यो आईपीएलको उपाधि

काठमाडौं। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधि जितेको छ।

आइतबार राति सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाताले उपाधि जितेको हो ।

कोलकाताले १० वर्षपछि आईपीएलको उपाधि जित्यो । उसका लागि यो तेस्रो उपाधि हो । पछिल्लोपटक कोलकाताले सन् २०१४ को उपाधि जितेको थियो ।

११४ रनको सामान्य लक्ष्य कोलकाताले १०.३ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो । वैंकटेश अय्यैरले अविजित ५२ रन बनाए ।

सुरुवातदेखि नै एकतर्फी देखिएको फाइनलमा हैदरावादले कुनै चुनौती दिन सकेन ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदरावाद ९ बल अगाडि ११३ रन बनाउँदा अलआउट भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved