मधेश प्रदेशका २ जना माओवादी सांसदलाई शपथमा रोक, रोलक्रम मिचिएको आरोप

नेकपा माओवादीले पठाएको बन्द सूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै मधेश प्रदेशका २ जना सांसदको शपथमा सर्वोच्चले रोक लगाएको छ। 

नेपालभ्युज

मधेश प्रदेशका २ जना माओवादी सांसदलाई शपथमा रोक, रोलक्रम मिचिएको आरोप

जनकपुर। नेकपा माओवादीले पठाएको बन्द सूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै मधेश प्रदेशका २ जना सांसदको शपथमा सर्वोच्चले रोक लगाएको छ।

महोत्तरी रजी हैदर र सप्तरीका मालाकुमारी कर्णलाई सर्वोच्चले सांसदको काम कारबाहीमा रोक लगाएको संसद् सचिवालयले जनाएको छ।

मधेस प्रदेशमा माओवादीबाट ४ जना समानुपातिकमा निर्वाचित भएका थिए। निर्वाचित हुनेमा धनुषाबाट सुनिता यादव, सप्तरीबाट मालाकुमारी कर्ण, धनुषाबाट शारदा दास (पहाडी) र महोत्तरीबाट मोहम्मद रजी हैदर निर्वाचित भएका हुन्। सुनिता र माला मधेसी समूह, शारदा दलित र रजी मुस्लिम समूहबाट निर्वाचित भएका हुन्।

समानुपातिकको बन्दसूचीमा रहेकी खचान्जी महतो नुनियाले आफूहरूभन्दा तल रहेकालाई निर्वाचित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्च गएका थिए। मालाकुमारी र रजीको शपथमा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved