मधेस प्रदेश : कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित

नेपालभ्युज

मधेस प्रदेश : कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित

धनुषा । नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् ।

संसदीय दलको नेताका लागि  बिहीवार भएको चुनावमा पार्टीका प्रदेश सभापति समेत रहेका यादव १८ मतसहित निर्वाचित  भएका हुन् ।

संस्थापन पक्षका तर्फबाट उम्मेदवार बनेका उनका प्रतिस्पर्धी रामसरोज यादवले ४ मत मात्र प्राप्त गरे ।

यसअघि पार्टीको मधेस प्रदेश सभापतिको चुनावमा पनि कृष्णकुमार यादवले रामसरोज यादवलाई पराजित गरेका थिए ।

प्रदेश सभामा यादव रौतहट- १ (ख) बाट निर्वाचित भएका थिए भने रामसराेज यादव धनुषा- ३ (क) बाट निर्वाचित सदस्य हुन् ।

मधेश प्रदेशमा दोस्रो ठूलो दल कांग्रेसका २२ जना सदस्य छन् ।

कांग्रेसले संसदीय दलकाे नेता छान्नका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको थियाे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved