आगलागीबाट डोल्पामा तीन बालबालिका घाइते

नेपालभ्युज

आगलागीबाट डोल्पामा तीन बालबालिका घाइते

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेर तीन बालबालिका गम्भीर घाइते भएका छन् । गाउँ नजिकैको वनमा लागेको आगलागीमा परेर आज एउटै घरका दाजुभाईसहित तीन बालबालिका घाइते भएका हुन् ।

घाइते हुनेमा कक्षा ४ मा पढ्ने १२ वर्षीय विवस बुढा, १३ वर्षीय समन्त बुढा र १० वर्षीय सुरज बुढा रहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । दिउँसो वनमा गुच्ची च्याउ टिप्न गएको बेला उनीहरु आगलागीमा परेका थिए । घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । उनीहरुको डोल्पामा उपचार सम्भव नभएकाले काठमाडौं लैजानुपर्ने जिल्ला अस्पतालले जनाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाले अस्पताल लैजान हेलिकप्टरको व्यवस्थाका लागि पहल गरिरहेको प्रमुख प्रशासकिय अधिकृत जगदीशचन्द्र नेपालीले जानकरी दिए । सुर्खेतबाट उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण डोल्पा आउन नसकेको उनले बताए ।

डोल्पामै गत मङ्गलबार ठूलिभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved