राप्रपाले गर्‍यो सरकारमा जाने निर्णय

नेपालभ्युज

राप्रपाले गर्‍यो सरकारमा जाने निर्णय

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा जाने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरेको राप्रपा सरकारमा सहभागी हुनेबारेमा अनिर्णित हुँदै आएको थियो ।

तर, आजको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएसँगै पार्टी सरकारमा जाने निर्णय भएको एक नेताले जानकारी दिए ।

बैठकमा निर्देशन समिति गठन, लेवी र सांसदको स्वकीय सचिव नियुक्ति, पार्टी हितविपरीत गतिविधि गर्नेलाई कारबाहीलगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।


Comment

One thought on “राप्रपाले गर्‍यो सरकारमा जाने निर्णय

  1. अब गएर आफुले पाको थाउ को देस र जनताको हित मा काम गरेर देखाइ अनि हिजो भएक भ्रष्टाचार को कानुन मा ल्याइ दोसि लाई कार्बाही गराइ काम गर्न सके नै राम्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved