नेपाल टी–२० लिगमा फारवेस्टको सङ्घर्षपूर्ण पहिलो जित

९९ रनको सामान्य लक्ष्य युनाइटेडले १९.१ ओभरमा ६ विकेट गुमाएर भेटायो। सङ्घर्षपूर्ण जित निकालेको युनाइटेड चौथो स्थानमा उक्लिएको छ।

नेपालभ्युज

नेपाल टी–२० लिगमा फारवेस्टको सङ्घर्षपूर्ण पहिलो जित

काठमाडौं। फारवेस्ट युनाइटेडले नेपाल टी–२० क्रिकेट लिगमा सङ्घर्षपूर्ण पहिलो जित निकालेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार बिहान भएको खेलमा युनाइटेडले काठमाडौं नाइट्सलाई ४ विकेटले पराजित गरेको हो। सङ्घर्षपूर्ण जित निकालेको युनाइटेड चौथो स्थानमा उक्लिएको छ।

९९ रनको सामान्य लक्ष्य युनाइटेडले १९.१ ओभरमा ६ विकेट गुमाएर भेटायो। युनाइटेडको लागि हशमतुल्लाह शाहिदीले ५० र देव खनालले १७ रन बनाए। काठमाडौंको लागि अनिल खरेलले २ तथा अविनास बोहोरा, बसिर अहमद, अजमातुल्लाह उमरजाई, रायन बर्लले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको काठमाडौंले पूरै ओभरमा ९ विकेट गुमाएर ९८ रन बनायो। काठमाडौंको लागि एलेक्स ब्लेकले अविजित ४५ र कप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाए। युनाइटेडको लागि उमर अलीले ३ तथा हशमतुल्लाह र भुवन कार्कीले २–२ तथा शेर मल्लले १ विकेट लिए ।

अर्को खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्स दिउँसो सवा १ बजे भिड्दै छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved