क्यानडाको टोरन्टोमा गोली चल्यो, ५ जनाको मृत्यु

नेपालभ्युज

क्यानडाको टोरन्टोमा गोली चल्यो, ५ जनाको मृत्यु
सांकेतिक तस्वीर।

टोरन्टो । ओटाबा–क्यानडाको टोरन्टो सहरको उपनगरमा आइतबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी कारबाहीमा सन्दिग्धको पनि मृत्यु भएको स्थानीय प्रहरी प्रमुख जिम म्याकस्वीनले पत्रकारहरूलाई भने । गोलाबारी एउटा अपार्टमेन्ट भवनमा भएको थियो । गोलाबारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved