मुख्यमन्त्री पाण्डेले भने- ‘केन्द्रले अधिकार दिन कञ्जुस्याइँ गर्‍यो, संघीयता नाममा मात्रै सीमित भयो’

‘संघीयताको व्यवस्था गरेपनि स्रोत परिचालन,अधिकार र जनशक्ति व्यवस्थापनको अधिकार दिने विषयमा केन्द्र सरकार इमान्दार भएन । केन्द्र सरकारले संविधानमा प्रदेश सरकारलाई दिएको अधिकारसमेत दिन खोजेन, यसले पनि थप समस्यामा पार्‍यो ।’

नेपालभ्युज

883842846096321

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीयता नाममा मात्रै सीमित भएको बताएका छन् । सोमबार (आज) नेपाल नगरपालिका संघको ८औं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘संघीयता संघीयता भनेका छौँ, तर यो नाम मात्रैमा सीमित भएको छ ।’

मुख्यमन्त्री पाण्डेले आफूले १ वर्ष १७ दिन प्रदेशको मुख्यमन्त्रीको रूपमा काम गरेको उल्लेख गर्दै भने, ‘संघीयताको व्यवस्था गरेपनि स्रोत परिचालन,अधिकार र जनशक्ति व्यवस्थापनको अधिकार दिने विषयमा केन्द्र सरकार इमान्दार भएन । केन्द्र सरकारले संविधानमा प्रदेश सरकारलाई दिएको अधिकारसमेत दिन खोजेन, यसले पनि थप समस्यामा पार्‍यो ।’

उनले संघीयताको अभ्यासलाई सहीरूपमा गर्न नसके आफैँले ल्याएको व्यवस्थाले आफैँलाई खानसक्ने पनि बताए । ‘केन्द्र सरकारले
७६ प्रतिशत बजेट परिचालन गर्ने तर, २४ प्रतिशतमा प्रदेश र स्थानीय सरकार चल्नुपर्दा प्रदेश र स्थानीय सरकारलाई अप्ठ्यारो छ,’ उनले भने ।

यस्तै उनले संघीयतालाई कमजोर पार्ने शक्तिहरू बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘संघीयता विरोधीहरू प्रतिनिधि सभा प्रतिनिधिकैरूपमा पुगेका छन्,’ उनले भनेका छन्, ‘लोकतान्त्रिक शक्तिहरू मिल्न जरुरी छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved