फिफा अध्यक्ष इन्फान्तिनो भन्छन्- सन् २०२६ विश्वकपको स्वरूप विचाराधीन

नेपालभ्युज

फिफा अध्यक्ष इन्फान्तिनो भन्छन्- सन् २०२६ विश्वकपको स्वरूप विचाराधीन

काठमाडौं। फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले सन् २०२६ विश्वकपको स्वरूप विचाराधीन रहेको बताएका छन् ।

कतार विश्वकपबारे शुक्रबार आयोजिक पत्रकार सम्मेलनमा अध्यक्ष इन्फान्तिनोले आगामी विश्वकपमा ४८ राष्ट्रको शैलीलाई फिफाले पुन:विचार गर्नु आवश्यक रहेको बताएका हुन्।

‘सहभागी हुने ४८ राष्ट्रलाई ३ राष्ट्र सम्मिलित १६ समूह बनाउने कि ४ राष्ट्रसहित १२ समूहमा विभाजन गर्ने भन्ने विषयमा छलफल हुनेछ,’ उनले भने ।

अध्यक्ष इन्फान्तिनोले क्लब विश्वकप फुटबलको फर्म्याटको आधारभूत स्वरूपबारे उठेको प्रश्न पनि प्रष्ट्याए । ‘सन् २०२५ मा ३२ उत्कृष्ट फुटबल क्लबहरूको सहभागितामा क्लब फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना हुनेछ,’ उनले भने, ‘यो हरेक ४ वर्षमा आयोजना गरिनेछ ।’

साथै हरेक ४ वर्षमा आयोजना हुने महिला क्लब विश्वकप पनि योजनामा रहेको इन्फान्तिनोले जानकारी गराए । कतार विश्वकपको सेमिफाइनल पुगेको पहिलो अफ्रिकी राष्ट्रलाई पनि उनले बधाई दिएका छन्।

‘मोरक्ककोले पक्कै पनि उत्कृष्ट खेलेको छ । आकर्षक फुटबलको प्रदर्शन गरेको छ । मोरक्कोको सेमिफाइनल भाग्यका कारण नभइ निरन्तर प्रयासले सम्भव भएको हो,’ उनले भनेका छन् ।

यस्तै, सेनेगल, क्यामेरून, घानालगायत अन्य अफ्रिकी मुलूकको प्रदर्शनले फुटबलको विकास क्रमलाई दर्शाएको भन्दै खुसी व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved