सरकार निरन्तर रहनुपर्ने पक्षमा छौँ : जसपा नेपाल

नेपालभ्युज

सरकार निरन्तर रहनुपर्ने पक्षमा छौँ : जसपा नेपाल

काठमाडौं । विभाजनपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले वर्तमान सरकार निरन्तर रहनुपर्ने निष्कर्ष निकालेको छ।

मंगलबार बसेको नेताहरूको बैठकले यही गठबन्धन अर्को निर्वाचनसम्म रहिरहनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता मनिष सुमनले जानकारी दिए।

उनले २०७९ को निर्वाचनमा कुनै एउटा पार्टीको बहुमत नआएकाले मिलेर चल्नुपर्ने मतादेश रहेको बताए।

उनले फागनु २१ देखि प्रचण्डको नेतृत्वमा बनेको नयाँ समीकरणको सुरु दिनदेखि आफूहरू जोडिएको बताए। अहिलेको गठबन्धनको जग रोप्ने पार्टी आफ्नो भएको भन्दै उनले यसको विकल्पको बारेमा नसोचेको बताए।

गत आइतबार अशोक राई नेतृत्वको समूहले जसपा विभाजन गरेपछि मंगलबार जसपा नेपालको बैठक बसेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved