कुटपिटबाट ७० वर्षीय वृद्धाको मृत्यु

कुटपिटबाट ७० वर्षीय वृद्धाको मृत्यु

मलङ्गवा । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आज कुटपिटबाट एक वृद्धाको मृत्यु भएको छ । चक्रघट्टा–२ बेल्हीमा कुटपिटबाट जयसी रायकी ७० वर्षीया श्रीमती सागरदेवी रायको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।

छिमेकी पुकार रायसँग जग्गाको विषयमा विवाद हुँदा कुटपिटबाट रायको ज्यान गएको हो । पुकार रायको घर परिवारका सदस्यको कुटाइबाट आफ्नी आमाको मृत्यु भएको मृतककी छोरी सिकिलियादेवी यादवले आरोप लगाए ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा ल्याइएको छ । घटनामा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved