राप्रपाका पशुपति शमशेर जबराले प्रतिनिधिसभा सदस्यहरूलाई शपथ खुवाउने

नेपालभ्युज

राप्रपाका पशुपति शमशेर जबराले प्रतिनिधिसभा सदस्यहरूलाई शपथ खुवाउने
फाइल फोटो

काठमाडौं। ४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने भएका छन् । निर्वाचन आयोगमा नाम बुझाएका प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० जनामध्ये ज्येष्ठ सदस्य भएका नाताले जबराले शपथ खुवाउने भएका हुन् ।

यद्यपि, निर्वाचन आयोगले निर्वाचित सदस्यहरूको उमेर हेरेर ज्येष्ठ सदस्य तय गर्न बाँकी छ । सार्वजनिक विवरणअनुसार २७५ सदस्यमध्ये ज्येष्ठ सदस्यका रूपमा जबरा देखिएका हुन् । उनी ८१ वर्षका भए । जबराको जन्म १९९८ वैशाख २५ गते (सन ७ मे १९४१) काठमाडौंको महाराजगंजमा जन्मिएका थिए ।

प्रत्यक्षका १६५ र समानुपातिकका ११० जना गरी २७५ सदस्यीय प्रतिनिधिसभा सदस्यको अन्तिम नामावली तय भएपछि निर्वाचन आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउनुपर्ने हुन्छ ।

सँगसँगै आयोगले संघीय संसद सचिवालयमा पनि निर्वाचित सांसदहरूको विवरण पठाउँछ । जहाँ सांसदहरूको उमेरसहितका व्यक्तिगत विवरण पनि समावेश हुन्छ ।

निर्वाचन आयोगले विवरण पठाएपछि संघीय संसद सचिवालयले ज्येष्ठ सदस्य पहिचान गरी राष्ट्रपतिसँग शपथ लिएपछि संसद सचिवालयले ज्येष्ठ सदस्य पहिचान गरेर शपथको मिति समेत प्रस्ताव गरेर राष्ट्रपति कार्यालयलाई पत्र पठाउँछ। त्यसअनुसार राष्ट्रपतिद्वारा ज्येष्ठ सदस्यलाई शपथ खुवाइन्छ ।

जबराले मुलुकमा २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि पञ्चायत समर्थकको अगुवाइ गर्दै राप्रपा गठन गरेका थिए । नेपालमा बहुदलीय व्यबस्था आएपछि पनि उनी अर्थ मन्त्री, परराष्ट्र मन्त्री र जलस्रोतथ तथा सञ्चार मन्त्री भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved