एशिया रग्बीः नेपाल समूह चरणमै सिमित

नेपालभ्युज

काठमाडौं ।  तेस्रो चरणको खेलमा भारतलाई १२–१० को स्कोरले पराजित गर्दै नेपालले सान्त्वना जित निकाले पनि एशिया रग्बी यु–१८ पुरुष सेभेन प्रतियोगितामा नेपाल समूह चरणमै सिमित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेस्रो चरणको खेलमा नेपालले भारतलाई हराउँदै नेपालमा आयोजना भएको प्रतियोगितामा पहिलो जित निकाले पनि अंकको आधारमा पछि पर्दै समूह चरणमा सिमित भएको हो । नेपाल पहिलो खेलमा नेपाल थाइल्याण्डसँग १५–७ र दोस्रो खेलमा मलेसियासँग ३४–० स्कोरले पराजित भएको थियो ।

विभिन्न ८ राष्ट्रको सहभागिता रहेको प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न तीन चरणका सबै खेलमा जित निकाल्दै मलेसिया समूह ए बाट समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ । तीन खेलबाट स्पष्ट अंक जोडेको मलेसियाले ९ अंक बनाउन सफल भयो । मलेसियाले आयोजक नेपाल, भारत र थाइल्याण्डलाई पराजित गरेको हो । यस्तै समूह ए बाटै तीन खेलमा समान एक/ एक खेल जितेका जितेर समान ५/५ अंक बनाएका भारत, थाइल्याण्ड र नेपाल तालिकामा क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहे ।

दोस्रो भएको भारत पनि स्कोरको आधारमा नकआउट चरणमा प्रवेश गर्‍यो भने थाइल्याण्ड र नेपाल अघिल्लो चरण पुग्नबाट वञ्चित भए । यस्तै समूह बी अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले शनिवार नै सम्पन्न तीन खेलमा स्पष्ट जित निकाल्दै ९ अंक जोडेर अन्तिम चारमा प्रवेश गर्‍यो । युएईले शनिवार चाइनिज ताइपेईलाई ३२–५, बंगलादेशलाई ८१–० तथा कोरियालाई २४–७ ले स्तब्ध बनाएको हो । दोस्रो स्थानमा अटाएको कोरियाले तीन खेलबाट दुई जित निकाल्दै ७ अंक जोडेर समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो ।

प्रतिष्पर्धात्मक दोस्रो चरणको खेलमा कोरियाले चाइनिज ताइपेईलाई १७–१२ र बंगलादेशलाई ८०–० ले स्तब्ध बनाएको हो । यस्तै तेस्रो स्थानमा रहेको चाइनिज ताइपेईले बंगलादेशलाई ७०–० ले पराजित गर्दै ५ अंक जोड्यो । तीन खेलबाट जितबिहीन रहेको बंगलादेशको ३ अंकमात्र रह्यो ।

प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न महिला तर्फको प्रतिष्पर्धामा भने नेपालले दुवै खेलमा नतिजा सुम्पिएर अघिल्लो चरण पुग्न असफल रह्यो । पहिलो खेलमा ३९–० को स्कोर सुम्पिएको नेपालले दोस्रो खेलमा युएईसँग पराजित भएको हो । नेपाल युएईसँग ४१–० ले पराजित भएको हो । महिलातर्फ तेस्रो चरणका खेल सकिँदा २ खेलमा जित निकाकल्दै भारत ७ अंकका सात तालिकाको शीर्ष स्थानमा रहँदा समान ३ खेलबाट २ मा जित निकालेको थाइल्याण्ड ७ अंकका साथ दोस्रो स्थानमा छ ।

एक खेल कम खेलेर ६ अंको जोडेको युएई तेस्रो स्थानमा रहँदा दुई खेल मध्ये दुवैमा खेल गुमाएका नेपाल र मलेसिया समान २ अंकका साथ तालिकाको चौथो र पाँचौ स्थानमा छन् । एशिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा आयोजना भएको यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता अन्तिम चरणका खेल आईतवार हुनेछन् ।

प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहेको छ । पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्याण्ड, युएई, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा प्रतिष्पर्धा हुँदैछ भने महिलामा नेपाल, भारत, युएई, मलेसिया र थाइल्याण्डले राउण्ड रोविन लिगका आधारमा प्रतिष्पर्धा गर्दैछन् । पुरुषतर्फ दुई समूहका शीर्ष दुई टोली उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved