बैंकहरूको चर्को व्याजविरुद्ध व्यवसायी आन्दोलित

बैंकहरूको चर्को व्याजविरुद्ध व्यवसायी आन्दोलित

जनकपुरधाम । धनुषाको ढल्केवरमा बैंकहरूले बढाएको चर्को व्याजविरुद्ध व्यवसायीहरूले प्रदर्शन गरेका छन् । मिथिला उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार ढल्केवरमा व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

बैंकहरूले बढाएको ब्याजदरको विरोध गर्दै व्यवसायीहरूले ‘मौद्रिक नीति परिमार्जन गर, ५० प्रतिशत नगद मार्जिन व्यवस्था खारेज गर, व्यवसाय गरी खान देऊ’ जस्ता मागहरू लेखिएको पर्चा तथा ब्यानर बोकेर ढल्केवर चोकमा शान्तिपूर्ण प्रदर्शन गरे ।

मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साहले बैंकले व्याज वृद्धि गर्दा व्यवसायीहरू मारमा परेको बताए। उनले बैंकहरूले बढाएको व्याज तत्कालै फिर्ता लिन र व्यवसायीहरूलाई सहज किसिमले व्यवसाय गर्ने वातावरण मिलाउन उनले आग्रह गरे ।

अध्यक्ष साहले कर्जाको ब्याजदरमा भएको अस्वाभाविक वृद्धिले उद्योग व्यवसायी नै धरासायी बन्दै गएकाले विरोधमा उत्रिनु परेको जानकारी दिए। उनले  बैंकले ब्याजदर नघटाएसम्म निरन्तर प्रदर्शन गरिरहेन बताए।

व्यवसायीहरूले बैंकको चर्को व्याज विरुद्ध गरिएको प्रदर्शनमा जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपाल मधेस प्रदेशका पदाधिकारीहरूको समेत सहभागिता थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved