शशांकलाई देउवाको आग्रह : ‘संसदीय दलमा मलाई सघाउनुस्’

नेपालभ्युज

शशांकलाई देउवाको आग्रह : ‘संसदीय दलमा मलाई सघाउनुस्’

काठमाडौं। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री शशांक कोइरालाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गरेका थिए ।

सोही क्रममा सभापति देउवाले संसदीय दलमा आफूलाई सहयोग गर्न कोइरालालाई आग्रह गरेका थिए । यसबारे पछि निर्णय गर्ने भनेर कोइराला बालुवाटारबाट बाहिरिएको जनाइएको छ ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीले दुई नेताबीच सामान्य छलफल भएको बताए । उनी भन्छन् ‘ हामी प्रधानमन्त्रीलाई बधाई दिन गएका थियौँ । उहाँहरूबीच सामान्य कुराकानी भयो भिड धेरै भएकाले पछि कुरा गर्ने भनेर निस्कियौँ ’ । त्यसो त निर्वाचित भएलगतै डा. कोइरालाले संसदीय दलको नेताका लागि आफ्नो पनि दाबी रहने बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved