दीपिका पादुकोणले फिफाको अन्तिम खेलमा विश्वकप ट्रफी अनावरण गर्ने

नेपालभ्युज

दीपिका पादुकोणले फिफाको अन्तिम खेलमा विश्वकप ट्रफी अनावरण गर्ने

काठमाडौं। कतारमा फिफा विश्वकप २०२२ धुमधामसँग आयोजना भइरहेको छ । सामाजिक सञ्जालमा हरेक दिन फिफाका खेल छाइरहन्छन् । फिफा विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । दीपिका पादुकोणलाई फाइनल खेलको विशेष जिम्मेवारी दिइएको छ ।

दीपिका पादुकोणले फाइनल खेलको ट्रफी अनावरण गर्नेछिन् । दीपिका पादुकोण फिफा विश्वकप २०२२ को फाइनल खेलको ट्रफी अनावरण गर्न रोजिएकी पहिलो ग्लोबल स्टारसमेत हुन् ।

अब दीपिका फिफा विश्वकप २०२२ को फाइनल खेलका लागि कतार पुग्नेछिन् । यहाँ पुगेसँगै दीपिकाले फिफा विश्वकप ट्रफी अनावरण गर्नेछिन् ।

यद्यपि, यसबारे आधिकारिक जानकारी भने दिइएको छैन । तर, मिडिया रिपोर्टका अनुसार दीपिकाको नाम लगभग तय भइसकेको छ । दीपिका १८ डिसेम्बरअघि नै कतार प्रस्थान गर्नेछिन् । हालै फिफाको प्रतिस्पर्धा अघि नोरा फतेहीले पनि यहाँ प्रदर्शन गरेकी थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved