धनगढीमा तनाव साम्य नभएपछि प्रशासनद्वारा केही क्षेत्रमा निषेधाज्ञा जारी

निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी भेला हुन, आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन रोक लगाइएको छ ।

नेपालभ्युज

धनगढीमा तनाव साम्य नभएपछि प्रशासनद्वारा केही क्षेत्रमा निषेधाज्ञा जारी

धनगढी । ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्यु भएको विषयमा तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी भेला हुन, आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन रोक लगाइएको छ । बिहीबार विहान ग्रेडरले ठक्कर दिँदा साइकल चढेर विद्यालय जाँदै गरेकी १५ वर्षकी चाँदनी साउदको मृत्यु भएको थियो ।

त्यसपछि स्थानीय वासिन्दा र साउद अध्ययन गर्ने पद्मोदय माध्यमिक विद्यालय हसनपुरका विद्यार्थीले दिनभर प्रदर्शन गरेका थिए ।

प्रशासनले निकालेको सूचनामा बिहीबार साँझ ७ बजेदेखि शुक्रबार विहान ७ बजेसम्म निषेधाज्ञा लगाइएको उल्लेख छ ।

पूर्वमा धनगढी उपमहानगरपालिका-१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी उपमहानगरपालिका-४ रातोपुल, उत्तरमा धनगढी उपमहानगरपालिका–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन दक्षिणमा धनगढी उपमहानगरपालिका-१ र २ स्थित हुलाकी राजमार्गको चारकिल्लाभित्र निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved