काठमाडौंमा यस वर्षकै धेरै चिसो, न्युनतम तापक्रम साढे सात डिग्रीमा झर्यो

नेपालभ्युज

काठमाडौंमा यस वर्षकै धेरै चिसो, न्युनतम तापक्रम साढे सात डिग्रीमा झर्यो

काठमाडौं । काठमाडौंमा विहीबार यस वर्षकै धेरै चिसो मापन गरिएको छ । काठमाडौंकाे  बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसमविद् हिरा भट्टराईले बताएका छन् ।

देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घट्न थालेको छ । चिसो बढ्दै गएकाले न्यूनतम तापक्रम घट्न थालेको हो । मौसममा असर पार्ने प्रणाली नभए पनि जाडोयाम सुरु भइसकेकाले चिसो बढेको हो । देशभर नै बिहान र बेलुका चिसो धेरै छ । दिउँसो भने पारिलो घाम लाग्ने गरेकाले न्यानो छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved