पेनाल्टीमा किन चुक्छन मेस्सी ? अहिलेसम्म ३१ वटा पेनाल्टी असफल 

नेपालभ्युज

पेनाल्टीमा किन चुक्छन मेस्सी ? अहिलेसम्म ३१ वटा पेनाल्टी असफल 

काठमाडौं । क्लब फुटबलमा लियोनल मेस्सीलाई फुटबलका बादशाह नै भन्ने गरिन्छ। उनले क्लबबाट खेल्दा बडो क्षमता प्रदर्शन गर्छन र सफलता पनि प्राप्त गर्छन् । तर उनि जब देशबाट खेल्छन् तब उनले एकमाथि अर्को कमजोरी देखाउन थाल्छन् ।

पाँच वटा विश्वकपमा सहभागिता जनाएर मेस्सीले अहिलेसम्म एउटा पनि उपाधि देशलाई दिलाउन सकेका छैनन् । जब देशको लागि खेल्दा ठूलो अवसर प्राप्त हुन्छ त्यो अवसरलाई मेस्सीले सदुपयोग गर्न सक्दैनन् । विहीबार विहान पनि त्यस्तै भयो ।

पोल्याण्डसँगको खेल अर्जेन्टिनाको लागि निकै महत्वपूर्ण थियो त्यसैबेला मेस्सीले पेनाल्टी पाए । अर्जेन्टिना र उसका समर्थकले राहतको श्वास फेरे । तर उनि पेनाल्टीमा चुके । मेस्सीको भाग्य नै भन्नुपर्छ उनि पेनाल्टीमा चुके पनि अर्जेन्टिनाका अरु खेलाडीले २ गोल गरेर र टिम अन्तिम १६ मा पुग्यो । विहीबार विहानको खेलको ३५ औँ मिनेटमा पोल्याण्डका गोल रक्षक सेचेन्जीले बल बचाउने क्रममा मेस्सीको अनुहारमा हान्न पुगे ।

रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री भीएआरको सहयता लिँदै अर्जेन्टिनालाई पेनाल्टी दिए । तर मेस्सीले उक्त पेनाल्टीमा गोल गर्न सकेनन् । सेचेज्नीले डाइभ दिँदै मेस्सीको पेनाल्टी प्रहार विफल पारे । जारी विश्वकपमा उनको यो दोस्रो पेनाल्टी बचाउ हो । यसअघि उनले साउदी अरेबियाका अल दसारीको पेनाल्टी पनि बचाएका थिए ।

मेस्सीले अहिलेसम्म आफ्नो अन्तर्राष्ट्रिय करियरमा चार वटा पेनाल्टी मिस गरेका छन्  । क्लब र देशका लागि उनले पेनाल्टी मिस गरेको संख्या  ३१ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved