विश्वकप फुटबल : क्यामरुन र सर्बियाबीचको खेल बराबरी

नेपालभ्युज

विश्वकप फुटबल : क्यामरुन र सर्बियाबीचको खेल बराबरी

काठमाडौं। विश्वकप फुटबलमा क्यामरुन र सर्बिया बीचको खेल बराबरीमा सकिएको छ। कतारको अल जनुब रंगशालामा सोमबारको पहिलो खेलमा क्यामरुन र सर्बियाबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको हो।

यससँगै दुवै टोलीले अंक बाँडेका छन्।

क्यामेरुनको लागि कास्टेलेटा, भिन्सेन्ट अबुबाकर र चौपो–मोटिङले गोल गरे। सर्बियाको लागि भने पाभलोभिच, मिलिन्कोभिक–साभिक र आलेकसान्दर मित्रोभिचले गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा २ गोल गर्दै सर्बियाले खेलमा २–१ को अग्रता लिएको हो । खेलको २९औँ  मिनेटमा कास्टेलेटोले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए।

खेलको इन्जुरी समयमा पाभलोभिचले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । इन्ज्युरी समयमा नै मिलिन्कोभिक–साभिकले गोल गरेका थिए ।

खेलको ५३औँ मिनेटमा आलेकसान्दर मित्रोभिचले सर्बियाको लागि तेस्रो गोल गरे। ६४औं मिनेटमा कप्तान भिन्सेन्ट अबुबाकरले क्यामेरुनका लागि दोस्रो गोल गरे।

६६औँ मिनेटमा चौपो–मोटिङले क्यामरुनको लागि तेस्रो गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए।

समूह ‘जी’ को नै अर्को खेलमा राति पौने १० बजे ब्राजिल र स्विट्जरल्यान्ड भिड्दै छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved