चितवन-३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे विजयी

नेपालभ्युज

चितवन-३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे विजयी

काठमाडौं । चितवन-३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् । पाण्डे ३४ हजार ३६२ मत सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१ मत पाए ।

शुक्रवार राति सम्पन्न मतगणनामा पाण्डे ९ हजार ६९१ मतान्तरले विजयी भएका हुन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले  १४ हजार ७७९ मत पाइन् ।

यस क्षेत्रमा ९२ हजार २६ मत खसेको थियो।

पाण्डे २०७४ को निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ९ हजार ३४१ मतले पराजित भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved